छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, बैशाख ३० 

कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित सडकमा से.१ त ९७५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउ बस्ने २१ वर्षीय समिर रानाको मृत्यु भएको  छ  । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढी उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको सिरहा नगरपालिका–१० पदमपुर चोकस्थित सडकमा प्रदेश २–०१–०२ प.९५६२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री कल्याणपुर नगरपालिका–१२ पदमपुर टोल बस्ने ४८ वर्षीय राकेश पासमानको शनिबार बेलुकी मृत्यु भएको   छ । ठक्करबाट गम्भीर घाइते भएको उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई प्रादेशिक अस्पताल सिरहा हुँदै थप उपचारको लागि बिराटनगरतर्फ रिफर गरिएको छ । हाल फरार मोटरसाइकल चालकलाई प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।