भिजाद्धारा नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमदलाई नियुक्त

भिजाद्धारा नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमदलाई नियुक्त

काठमाडौं, जेठ २

भिजाले भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ । बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव भएको सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।

सब्बीर अहमदको नियुक्तिसँगै, भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहो‍र्‍याएको छ । नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको छ । भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको छ, यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा क्यु आर कोड स्क्यान गर्न र भिजा कार्ड मार्फत भुक्तानी गर्न सहज बनाएको छ । भिजालेसब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।

आफ्नो नियुक्तिको अवसरमा भिजाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “विश्वभर तथा नेपालमा डिजिटल भुक्तानीमा अग्रपंक्तिमा रहेको ब्राण्ड भिजामा सामेल हुन पाउँदा म उत्साहित छु । ग्राहकहरू, नियामक र नेपालको बृहत्तर इकोसिस्टमसँग साझेदारी गर्न म महत्त्वपूर्ण भूमिका खेल्न तत्पर छु । 

हामीले बंगलादेश र भुटानका लागि डिजिटल भुक्तानीमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेका छौं । मलाई विश्वास छ कि हामीले उपभोक्ताहरू र व्यवसायहरूका लागि नवीनतम डिजिटल(पहिलो भुक्तानी समाधानहरू ल्याउन सक्छौं, जसले नेपाल र छेउछाउका बजारहरूमा डिजिटल भुक्तानीको वृद्धि ल्याउन सक्छ ।ू

भिजा इन्डिया र दक्षिण एसियाका ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोषले भने, “हामी नेपाल, बंगलादेश र भुटानका लागि सब्बीर अहमदलाई कन्ट्री म्यानेजरको रूपमा स्वागत गर्न पाउँदा खुसी छौं । सब्बीरको आफ्नो बलियो व्यावसायिक उपलब्धिहरू, विविध बैंकिङ अनुभव र गहिरो बजार सम्बन्धले हाम्रो नेतृत्वलाई बलियो बनाउने, व्यावसायिक उद्देश्यहरू अघि बढाउने र भिजाको लागि दिगो विकासलाई प्रोत्साहन गर्नेछ ।”
सब्बीर नेपालमा भिजाको व्यावसायिक प्राथमिकताहरू प्रवर्धन गर्न जिम्मेवार हुनेछन् । उनी र टोलीले ग्राहक, साझेदार, नियामक र इकोसिस्टम सहभागीहरूसँग भिजाको सम्बन्ध व्यवस्थापन गर्नेछन् । उनी भारत र दक्षिण एसियाका लागि भिजा नेतृत्व टोलीको हिस्सा पनि हुनेछन् ।

सब्बीर अहमद स्ट्यान्डर्ड चार्टर्ड बैंक, बंगलादेशबाट भिजामा सामेल भएका थिए, जहाँ उनले वेल्थ एण्ड रिटेल बैंकिङको प्रबन्ध निर्देशक र प्रमुखको रूपमा सेवा गरे । यसअघि, उनले बंगलादेश र भियतनाममा (एचएसबिसी) मा वरिष्ठ नेतृत्व पदहरू सम्हालेका थिए र ब्रिटिश अमेरिकन टोबाको (बिएटी) को लागि काम गरेका थिए । सब्बीरले बैंकिङ तथा वित्तीय सेवा क्षेत्रमा स्थानीय र अन्तर्राष्ट्रिय बजारहरूबाट व्यापक विशेषज्ञता ल्याउँछन् ।

भिजाबारे ः

भिजा २०० भन्दा बढी देश र क्षेत्रमा उपभोक्ता, व्यापारी, वित्तीय संस्था, र सरकारी निकायहरू बीचको लेनदेनको सुविधा प्रदान गर्ने डिजिटल भुक्तानीमा विश्व अग्रणी संस्था हो । हाम्रो मिशन सबैभन्दा नवीनतम, सुविधाजनक, भरपर्दो र सुरक्षित भुक्तानी नेटवर्क मार्फत व्यक्ति, व्यवसाय र अर्थतन्त्रलाई फस्टाउन सक्षम बनाउँदै विश्वलाई जोड्नु हो  । हामी विश्वास गर्छौं कि अर्थतन्त्रहरू जसले सबै ठाउँमा सबैलाई समावेश गर्दै, सबैलाई जताततै उत्थान गर्दै पहुँचलाईपैसा आवागमनको भविष्यको लागि आधारभुत रुपमा देख्दछौ । थप जानकारीको लागि भिसा डट कम जानुहोस् ।