सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने

सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने

काठमाडौं, जेठ २

कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको नेपाली चलचित्र ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ’सिनेमाघर एप’ मा रिलिज भएको छ । मङ्गलवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ ।

२०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड–१९ को महामारीले हलहरू बन्द भएपछि यो चलचित्र दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो । सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि पुनः समस्या आएको थियो । सो समयमा निकै चर्चामा रहेको यो चलचित्र अब भने सिनेमाघर एप मार्फत सजिलै हेर्न सकिने छ । 

निकेश खड्का निर्देशित यस चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ । सस्पेन्स–थ्रिलर जनरामा बनेको चलचित्रका निर्माता अर्जुन कुमार हुन् । यो चलचित्र चर्चित चलचित्र सिरिज ‘चपली हाइट’ को तेस्रो श्रृखला हो । 

यसअघि सिनेमाघर एपमा ’जय भोले’, ’कबड्डी ४’, ’महापुरुष’, ‘जारी’, ‘पानी फोटो’ जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन् । सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ । ‘चपली हाइट ३’ हेर्न रु. २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ । 

भिडियो लिंक
https://cinema-ghar.com/chapali-height-3