नौं अंकले घट्यो नेप्से

नौं अंकले घट्यो नेप्से

काठमाडौं, जेठ २

नेप्से घटेको छ । अघिल्ला दिनहरुमा उच्च अंकले बढेको नेप्से आज बुधबार नौं दशमलव ५४ अंकले घटेर दुई हजार १७ दशमलव ९७ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव १७ अंकले घटेर तीन सय ५८ दशमलव शुन्य नौं अंकमा पुगेको छ । 

नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५५ हजार आठ सय ६२ पटकको कारोबारमा ८४ लाख ९० हजार सात सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुुचक बढेपनि बाँणिज्य बैंक, बिकास बंैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । पिपुल्स पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।