करीव ३० हजार किलो चिनीसहितको ट्रक नियन्त्रणमा

करीव ३० हजार किलो चिनीसहितको ट्रक नियन्त्रणमा

काठमाडौं, जेठ २

सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सशस्त्र प्रहरीले ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० किलो चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । बीआर ५० जी ९०५७ नम्बरको ट्रकमा लोड गरिएको चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउन खोजेको र पछि विशेष सूचनाको आधारमा प्रस्तावित  सीमा सुरक्षा गुल्म हरिपुरले ट्रकमा जाँच गर्दा मकै र गहुँले छोपीएको अवस्थामा उल्लेखित चिनी फेला परेको हो ।

साथै १८ वटा बोरामा रहेको ९ सय ९० के.जी. मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के.जी. गहुँ समेत बरामद गरिएको छ । बरामद चिनी, मकै, गहुँ र ट्रकसहितको भन्सार दाखिला मुल्य ४५ लाख २५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ ।