सुजल डेरीको रस बदाम ड्रिङक बजारमा

सुजल डेरीको रस बदाम ड्रिङक बजारमा

काठमाडौं, जेठ २

सुजल डेरी प्रा लि ले नवीनतम ब्रान्ड रस बदाम ड्रिङक बजारमा ल्याएको छ । रस बदाम ड्रिङकमा प्रयोग भएको क्यालिफोर्नियन बदाम आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ ।

रस बदाम ड्रिङक अन्तर्राष्ट्रियस्तरको अटोमेटेड मेशिनबाट बाट उत्पादन गरिन्छ । रस बदाम ड्रिङकमा बदामको स्वाद र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्दछ । वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गैरहेको छ र निरन्तर अघि बढ्नको लागि शरिरलाई चहिने उर्जाले पनि त्यत्तिकै महत्व राख्दछ । उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा रस बदाम ड्रिङक ले पुर्ण गर्दछ । सफलता र निरन्तर प्रयासलाइ प्रोत्साहन गर्नको लागि कम्पनीले गेट गोईङ किप गोईङ नामक सन्देश ल्याएको छ । रस बदाम ड्रिङक ले उपभोगतालाई सधै स्वस्थ र फुर्तिलो बनाउने कुरामा कम्पनी विश्वस्त छ । रस बदाम ड्रिङक को १८० एम. एल. क्यान रु १०० मा बजारमा उपलब्ध रहेको कम्पनीको भनाई छ ।