मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा :

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा :

काठमाडौं, जेठ ४

हायर पर्चेज कर्जाको जोखिम भार घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सावर्जनिक गर्दै हायर पर्चेज कर्जाको जोखिम भार घटाएको हो ।

राष्ट्र बैंकका अनुसार अबदेखि हायर पर्चेज कर्जामा एक सय प्रतिशत मात्र जोखिम भार कायम रहने छ । यसअघि भने हायर पर्चेज कर्जाको लागि एक सय २५ प्रतिशत जोखिम भार कायम रहने व्यवस्था रहेको थियो । यो व्यवस्था पनि हायर पर्चेज कर्जा बढ्ने बैकिङ प्रणालीमा हाल कायम रहेको अधिक तरलताको समस्या समाधान हुने बिश्वास लिईएको छ ।