अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

तनहुँ, जेठ १८

अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका–१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । म्याग्दे गाउँपालिका–४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्या२क गरी लमजुङ मध्यनेपाल नगरपालिका–३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका–१ बाट पक्राउ गरेको हो । 

उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।