मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग

काठमाडौं, जेठ २९

मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा क्षेत्रमा टेवा पुग्ने उदेश्यले २०८० साल असोज १६ गते बझाङ केन्दविन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित श्री भवानी आधरभूत विद्यालयको  भवन पुनः निर्माणका  लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ । 

हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सँग सहकार्य गरि निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रम बीच विद्यालयलाई हस्तारण गरिएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले श्रमदान समेत गरेका थिए । यो सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।