पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका युवकको शव फेला

पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका युवकको शव फेला

काठमाडौं, साउन २

कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुवेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले साउन १ गते दिउँसो करीव ३ः१५ बजे फेला पारेको छ । धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षिय सन्तोष सिंहखडा पौडी खेल्ने क्रममा सो खोलामा डुवेर बेपत्ता भएका थिए । 

सो घटनाबारे जानकारी प्राप्तहुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले डिप ड्राइभ गरी झण्डै २० फिट गहिराईबाट उनको शव बाहिर निकालेको हो । उनको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।