सामसङले ग्यालेक्सी एआईलाई नयाँ उचाइमा पुर्‍याउँदै

सामसङले ग्यालेक्सी एआईलाई नयाँ उचाइमा पुर्‍याउँदै

काठमाडौं, साउन २

सामसङ नेपालले बुधबार काठमाडौँ मेरियट होटेलमा आयोजित पत्रकार सम्मेलनमा आधिकारिक रूपमा ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु भएको घोषणा गरेको छ । कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक श्री इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृखला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप ६ सिरिजको अनावरण गरेका थिए । “फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप ६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको छ। फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ, “श्री प्रणय रत्न स्थापित, निर्देशक, सामसङ  नेपाल भन्छन् । 

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६, ग्यालेक्सी जेड सिरिजका अहिले सम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन्, र सिधा एड्जहरूसँग पूर्ण रूपमा सममित डिजाइनका साथ आउँछन् । ग्यालेक्सी जेड फोल्ड ६ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै  प्राकृतिक बार–टाइप भीउइंग एक्सपिरिएन्स प्रदान गर्दछ। नयाँ ग्यालेक्सी जेड सिरिज  पहिलेभन्दा धेरै टिकाउ पनि छ । डुअल रेल हिङ्ग संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको छ, र प्रमुख स्क्रिनमा परिष्कृत तहहरूले बल कायम राख्दै क्रिज सुधार गर्न मद्दत गरेको छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको छ ।

ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन्, र अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपियु, जीपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्दछ । दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ जसले सुधारिएको समग्र प्रदर्शनको साथमा इनहान्स गरिएको ग्राफिक्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड६ ले ठुलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरू र उपकरणहरूको दायरा प्रदान गर्दछ । नोट असिस्टः आफ्नो मीतिंग नोटहरू अनुवाद, संक्षेप, र अटो फोर्मात गर्नुहोस् । नोट असिस्टले पिडीएफ ओभरले ट्रान्सलेसन् पनि गर्दछ जसले पिडीएफ फाइलहरूमा टेक्स्ट अनुवाद गर्न सक्छ ।

कम्पोजर: इमेल र समर्थित सोसल मिडिया एपहरूको लागि साधारण किवर्डहरूमा आधारित सुझाव गरिएको टेक्स्ट उत्पन्न गर्दछ । स्केच टु इमेजः तपाईंलाई परिष्कृत कलाहरू सिर्जना गर्न क्षमता दिन्छ ।
सामसङको गुगलसँगको साझेदारीद्वारा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत भएको छ, जसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–संचालित सहायक उपलब्ध गराउँछ। थप रूपमा, अनुवादक अब न्यु कन्भरसेसन मोडको साथ आउँछ जसले दुवै पक्षहरूलाई थप न्याचुराल अन्तरक्रियाहरूका लागि प्रमुख र कभर स्क्रिनहरूमा अनुवादहरू सहज रूपमा गर्न दिन्छ । 

प्रोफेसनल–ग्रेड कन्टेन्ट सहज रूपमा सिर्जना गर्न तपाईंले फोटो असिस्ट पनि प्राप्त गर्नुहुन्छ र पोर्ट्रेट स्टुडियोबाट थ्रीडी कार्टुन वा वाटर कलर जस्ता विभिन्न पोर्ट्रेट शैलीहरूमा सिर्जना गर्ने थप रचनात्मक सम्भावनाहरू पाउन सक्नुहुनेछ। इन्स्ट्यान्ट स्लो–मो फिचरले तपाईंलाई स्मुद भ्युइंग एक्सपिरिएन्स कायम राख्दै अतिरिक्त फ्रेमहरू उत्पन्न गरेर भिडियोलाई तुरुन्तै स्लो गर्ने क्षमता दिन्छ ।

अब लामो गेमिङ सेसनहरूको लागि ग्यालेक्सी जेड फोल्ड६ १.६ह ठूलो भेपर चेम्बरको साथ आउँछ र रे ट्रेसिङले यसको ७.६–इन्च स्क्रिनमा जीवन–जस्तै ग्राफिक्सलाई सपोर्ट गर्दछ, जसले थप इमर्सिभ गेमिङ प्रदान गर्छ र  २,६०० नित् सम्मको उज्यालो प्रदर्शन प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप६ले अब नयाँ अनुकूलन र रचनात्मकता सुविधाहरूको दायरा प्रदान गर्दछ, जसले गर्दा तपाईँले हरेक क्षणको अधिकतम फाइदा लिन सक्नुहुन्छ। ३.४ इन्चको सुपर एमोलेड फ्लेक्सविन्डोको साथमा, तपाईँले डीभाइस नखोलेर नै एआई–असिस्तेड कार्यहरू प्रयोग गर्न सक्नुहुन्छ। तपाईँले सजेस्तेड रिप्लाईजद्वारा टेक्स्टहरूको जवाफ दिन सक्ने छन् । जसले तपाईंको नयाँ सन्देशहरूलाई एक अनुकूल प्रतिक्रिया सुझाव दिन विश्लेषण गर्दछ ।

फ्लेक्स विन्डोले सामसङ हेल्थको अपडेटहरू र सूचनाहरूको एक्सेस प्रदान गर्दछ र म्युजिक विजेटबाट सुन्न चाहनु भएको ट्र्याक छान्ने काम पनि गर्न दिन्छ । थप रूपमा, फ्लेक्सविन्डोले पहिले भन्दा धेरै विजेटहरू प्रदान गर्दछ, र तपाईँलाई एकै साथ धेरै विजेटहरूबाट जानकारी जाँच गर्न दिन्छ । एआई–संचालित फोटो एम्बियन्टको साथ, समय र मौसमको आधारमा तपाईँले आफ्नो वालपेपर वास्तविक समयमा परिवर्तन गर्न सक्ने छन् ।

फ्लेक्सक्याम अब नयाँ अटो जुमको साथ आउँछ, सब्जेक्त पत्ता लगाई आवश्यक समायोजन गरी जुम इन र आउट गरेर तपाईँको शटको लागि उत्कृष्ट फ्रेमिङ रचना गर्दछ। नयाँ ५० एमपी वाइड र १२ एमपी अल्ट्रा–वाइड सेन्सरहरूले तस्बिरहरूमा स्पष्ट र क्रिस्प विवरणहरूको साथ अपग्रेड गरिएको क्यामेराको अनुभव प्रदान गर्दछ। नयाँ ५० एमपी सेन्सरले नोइज–फ्री तस्बिरहरूको लागि २ह अप्टिकल जुम प्रदान गर्दछ, र १०ह जुमको साथ उन्नत शूटिंग अनुभवको लागि एआई जुम प्रदान गर्दछ। ग्यालेक्सी जेड फ्लिप६ अब परिष्कृत ब्याट्री लाइफको साथ आउँछ र पहिलो पटक भेपर चेम्बर साथ जडित छ ।

सामसङ ग्यालेक्सीको डिफेन्स–ग्रेड, बहु–तह सुरक्षा प्लेटफर्मले महत्त्वपूर्ण जानकारी सुरक्षित गर्न र एण्ड–टु–एण्ड हार्डवेयर, वास्तविक–समय खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीहरू विरुद्ध सुरक्षा गर्न निर्मित, सामसङ नोक्सले ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६लाई सुरक्षित गर्दछ ।

मूल्य र उपलब्धता

मा गएर ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–बुक गर्नुहोस। प्रि–अर्डर अफरहरू साउन २ देखि १५, २०८१ सम्म मान्य रहने छन् । 

 

luˆ6÷df]8n

h]8 lˆnk^ – @%^ hLaL

h]8 kmf]N8^ – @%^ hLaL

h]8 kmf]N8^ – %!@ hLaL

se/

l;lnsg s];

-? %,$((_

P; k]g s];

-? !@,@((_

यी रोमाञ्चक उपहारहरूका साथै पहिलो ५०० प्रि–अर्डर गर्ने ग्राहकहरूले एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नुहुनेछ जसमा १७ जीबी डाटा + ४९९ मिनेट कल + ४९९ एसएमएस प्रत्येक महिना, ६ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन । 

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध छ । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोर मार्फत १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराएको छ ।

;= g=

          l8efO;

/+u

g]=¿ df d"No

!

Uofn]S;L h]8 lˆnk^ -!@±@%^ hLaL_

l;Ne/ Zof8f], An'

!%$,(((

@

Uofn]S;L h]8kmf]N8^ -!@±@%^ hLaL_

l;Ne/ Zof8f], GoeL

@#$,(((

#

Uofn]S;L h]8kmf]N8^ -!@±%!@ hLaL_

@$(,(((

थप रूपमा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले देशभर कै सामसङ आधिकारिक स्टोरबाट ण्% ब्याज दरमा ग्यालेक्सी जेड फोल्ड रु ६८५४/महिना र ग्यालेक्सी जेड फ्लिप६को रु ४५२१/महिनाको दरमा नयाँ फोनहरू प्राप्त गर्न सक्ने छन् । यी नयाँ फोल्देबलहरूका लागि, सामसङले उपभोक्ताहरूलाई थप सहज बनाउनको लागि डाउन–पेमेन्टलाई ३०% मा घटाएर २४ महिनासम्म ऋण अवधि गरेको छ ।