३४ अंकले बढ्यो नेप्से गुमाउने भन्दा कमाउने समुह धेरै

३४ अंकले बढ्यो नेप्से  गुमाउने भन्दा कमाउने समुह धेरै

काठमाडौं, साउन ३०

अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज ३४ दशमलव २९ अंकले बढेर २९ सय ५७ दशमलव ७५ अंकमा पुगेकोमा सेन्सटिभ इन्डेक्स पनि आठ दशमलव ३४ अंकले बढेर पाँच सय १९ दशमलव ४९ अंकमा चढेको छ । 

नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ४४४ हजार १९ पटकको कारोबारमा पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये जीवन बीमा, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पयर्टन, लगानी, अन्य र व्यापार समुहको सुुचक बढेका छन् ।
 

नेप्सेमा आज सेन्ट्रल फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने मन्दाकिनी हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।