नेपालमा अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना

नेपालमा अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना

ललितपुर, साउन ३२


सिभिल इन्जिनियरिङ क्षेत्रका विशेषज्ञ, अनुसन्धानकर्ता र व्यवसायिक क्षेत्रका व्यक्तिहरूलाई आवश्यक सबै परीक्षण सेवाहरू उपलब्ध गराउन ललिलतपुरस्थित एभरेस्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको छ । यसले नेपालमा गुणस्तरीय परीक्षणको लागि एक नयाँ मापदण्डको स्थापन गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुणकुमार भण्डारीले जानकारी गराए । यसले देशको प्राविधिक शिक्षामा नयाँ आयाम थपेको विश्वास हामीले गरेका छौं, उनले भने । 

 


यो प्रयोगशाला सिभिल इन्जिनियरिङका विभिन्न सामग्रीहरूको परीक्षणको व्यावसायिक सेवा सुचारु गर्न सक्षम भएको कलेजको विश्वस छ । यो प्रयोगशाला नेपाल गुणस्तर प्रमाणित (आइएसओ) रहेको छ । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त सेवाप्रदायक बनाएको कलेजले जनाएको छ । 


प्रयोगशालामा विश्वस्तरीय उपकरणहरू जडान गरिएको छ । यसले विभिन्न प्रकारका सामग्रीहरूको गुणस्तर परीक्षण, मापदण्डको परीक्षण र प्रमाणिकरण गर्ने कामलाई उच्च सटीकताका साथ सम्पन्न गर्न मद्दत पु¥याउने जनाइएका छ । यो प्रयोगशाला कलेजका विद्यार्थीहरू, विशेषगरी अनुसन्धान गर्न चाहने विद्यार्थीहरूको लागि पनि उपलब्ध गराएको जनाएको छ । 


विद्यार्थीहरूले यहाँ उपलब्ध स्रोतसाधनको उपयोग गरेर आफ्नो अनुसन्धान कार्यलाई अझ सशक्त र मापदण्डअनुसारको बनाउन सक्नेछन् । यसले विद्यार्थीहरूको शैक्षिक स्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास कलेजले लिएको छ । यसका साथै, कलेजले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेर प्रयोगशालालाई व्यावसायिक सेवाको केन्द्र बनाउँदै आएको जनाएको छ । प्रयोगशालाले देशभरिका निर्माण तथा विकास परियोजनाहरूमा आवश्यक पर्ने सामग्रीहरूको गुणस्तर परीक्षण गरिरहेको छ, जसले गर्दा निर्माण क्षेत्रको प्रगति र विश्वसनीयता बढाउन महत्वपूर्ण योगदान दिइरहेको जनाइएको छ । कलेजको यस कदमले कलेजको प्रतिष्ठा बढाउनुका साथै मुलुकको प्राविधिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा राखिएको छ । यो प्रयासले कलेजलाई देशको अग्रणी प्राविधिक शिक्षा संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।