दुर्घटनामा  सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

दुर्घटनामा  सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन


सिमकोट (हुम्ला), भदौ ४

सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा  निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उहाँ सख्त घाइते हुनुभएको थियो । 

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गत स्थानीय तह  निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत हुनुभएको थियो । रासस