दिनको पहिलो भुक्तानी अर्थात बोहनी, अब फोनपे क्यु.आर बाटै लिन सकिने

दिनको पहिलो भुक्तानी अर्थात बोहनी, अब फोनपे क्यु.आर बाटै लिन सकिने


ललितपुर, भदौ १६
दिनको पहिलो भुक्तानी, अर्थात बोहनी, अब फोनपे क्यु=आर बाटै लिन सकिने भएको छ ।  नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा, बोहनी भनिन्छ, फोनपे क्यु.आर मार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले बोहनी, फोनपे क्यु=आर बाटै भन्ने पहलको सुरुवात गरिएको कम्पनीको भनाई छ ।  

 

कम्पनीका अनुसार यो पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ।फोनपे क्यु.आर मार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स–साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ–साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन् । 
 

अभियानमा सहभागी हुन, व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग–इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ,र अभियान अवधिमा फोनपे क्यु.आर मार्फत भुक्तानी लिएको हुनु पर्नेछ । यस अभियान अन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ इभी स्कुटर जित्ने अवसर पनि प्राप्त गर्न सक्ने छन् ।  फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार, यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढि प्रोत्साहन गर्नु हो । हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्यु.आर अपनाउन प्रोत्साहित गर्दछौं, जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन्, उनले भने ।  २० लाख भन्दा बढी ग्राहक र नेपाल भर १४ लाख भन्दा बढी व्यवसायहरूमा फोनपे क्यु.आर स्ट्यान्डीहरू तैनाथ भइसकेको अवस्थामा, फोनपे आफ्नो डिजिटल भुक्तानी नेटवर्कलाई विस्तार गर्दै देशभरका व्यवसायहरूलाई सुरक्षित, छिटो र सुविधाजनक भुक्तानी समाधानहरूको लाभ प्रदान गर्न प्रतिबद्ध छ ।
 

फोनपे बारे 
फोनपे, नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो । एफ.वान सफ्ट समूहको सहायक कम्पनी, फोनपे एक आईएसओ २७००१M२०१३ प्रमाणित कम्पनी हो । फोनपे ले बैंक तथा वालेटका ग्राहकहरुका साथै व्यवसायहरुलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरु गर्दै आएको छ । फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन, सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ ।