सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा, आजै अमेरिका जाँदै

सन्दीप लामिछानेलाई अमेरिकाले  दियो भिसा, आजै अमेरिका जाँदै

काठमाडौँ, २ कात्तिक । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने आजै अमेरिका प्रस्थान गर्ने भएका  छन् ।

 नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिएसँगै उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खलाका खेल खेल्नेछन् । टोलीका अन्य सदस्य भने क्यानडामा लिग–२ खेलेर अमेरिका पुगिसकेका छन् । 

अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ । अमेरिकासँग नेपालले आफ्नो पहिलो खेल २७ तारिखमा खेल्नेछ ।