सुनको मूल्य आकाशियो, तोला १ लाख ६५ हजार नजिक

सुनको मूल्य आकाशियो, तोला १ लाख ६५ हजार नजिक

 काठमाडौं, ४ कात्तिक ।  अन्तर्राष्ट्रिय बजारमै मूल्यमा बढेसँगै नेपालमा सुनको भाउले लगातार उकालो चढिरहेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रवार यसको तुलनामा यो ६ सय रुपैयाँ बढी हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २७२१ अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

रुस–युक्रेन युद्धका कारण उत्पन्न संकट, विश्वका केन्द्रीय बैंकको उच्च भण्डारण, अमेरिकामा घट्न थालेको ब्याजदर र पछिल्लो समय इरान–इजरायल युद्धले सुनको मूल्य बढाउँदै लगेको हो । यस्तै ,अवस्था रहिरहे अझैँ मूल्य बढ्दै जाने अनुमान गरिएको छ ।