११ दिनपछि अवकाशमा जान लागेकी राणालाई एआईजीमा बढुवा सिफारिस

११ दिनपछि अवकाशमा जान लागेकी राणालाई एआईजीमा बढुवा सिफारिस

काठमाडौँ ,५ कात्तिक । नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरीक्षक) मा बढुवा सिफारिस गरिएको छ ।

यही कात्तिक १६ गते अनिवार्य अवकाशमा जान लागेकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस भएकी छन्।

आइतबार साँझ बसेको बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

राणाभन्दा अगाडि रहेका बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई छाडेर बढुवा सिफारिस समितिले राणालाई बढुवा सिफारिस गरेको हो। श्याम ज्ञवाली अवकास भएपछि भदौ २४ गतेदेखि नेपाल प्रहरीको जनपद समूहतर्फ एआईजी पद रिक्त छ। 

कार्य विभाग प्रमुख एआईजी रामदत्त जोशी पनि यही कात्तिक १८ गते अवकाश हुनेछन्। त्यसपछि एकसाथ २ एआईजी बढुवा गर्ने तयारी छ।

विशिष्ट श्रेणीबाट अवकाश हुनेहरू भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्तिका लागि योग्य हुन्छन् ।

यसअघि पनि शक्ति र सत्ताको नजिक हुनेहरूलाई अवकाशको मुखमा बढुवा दिएर पठाइने गरेको प्रचलन छ ।

Kiran Rana 6.5 (2081)