प्रचण्डले भने– सय दिन पूरा भएपछि वर्तमान सरकारको विरोध सुरु हुन्छ

प्रचण्डले भने– सय दिन पूरा भएपछि वर्तमान सरकारको विरोध सुरु हुन्छ

काठमाडौं, ५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले वर्तमान सरकार गठन भएको एक सय दिन पूरा भएपछि विरोधको सुरुआत गर्ने बताएका छन् । 

आज (सोमवार) जुम्लाको सिञ्जामा सञ्चारकर्मीहरुसँग कुराकारी गर्दै अध्यक्ष प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध गर्न सुरु गर्ने बताएका हुन् । 

वर्तमान सरकार निर्माण भएको तीन महिना बितिसक्दासमेत उल्लेख्य काम गर्न नसकेको आरोप उनले लगाएका छन् । 

‘आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ ।’ उनले भने ।

अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा जनअपेक्षा अनुरुपको कार्य गर्न नसकेको उनले भनाई छ ।