नरेश श्रेष्ठ मेमोरियल यु–१९ क्रिकेट: लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम विजयी
काठमाडौं, २१ कात्तिक । नरेश श्रेष्ठ मेमोरियल यू–१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ ।
लुम्बिनी प्रदेशलाई ८ रनले हराउँदै सुदूरपश्चिमले उपाधि जित निकालेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पछि पार्दै उपाधि जितेको थियो ।
१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.१ ओभरमा ११९ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान आकाश त्रिपाठीले २२, शिव कुँवरले २०, विजय कोहरले १९, समीर अली मुसलमानले १८, सन्तोष यादवले १२ रन बनाए ।
सुदूरपश्चिमका कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन राउदले दुई/दुई र अशोक धामीले एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका अभिशेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८, हेमन्त धामीले ६ रन जोडेका थिए ।
लुम्बिनीका सन्तोष यादबले ५, रमेश कुर्मीले ३ र शिव कुँवरले एक विकेट लिए ।