प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, सबै रिपोर्ट सामान्य
काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।