डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित

डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, २१ कात्तिक । संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग हारेका थिए ।

त्यसपछि पुनस् यसवर्षको चुनावमा ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । तर, निर्वाचन आयोगले आधिकारिक घोषणा भने बाँकी नै छ । 

१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित सुनिश्चित  भएको छ ।

योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ ।  राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट पुगे पुग्छ । 

७८ वर्षीय ट्रम्पले ऐतिहासिक कमब्याक गरेका छन् । उनी सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि अमेरिकी राष्ट्रपतिका लागि दोस्रो पटक गैर–लगातार कार्यकाल पाउने दोस्रो व्यक्ति बनेका छन् ।

कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएको भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता  गराएका थिए ।