रास्वपा लक्षित देउवाको टिप्पणी: कांग्रेसका नेतालाई मुद्दा चलाउँदा हामीले कहिल्यै हल्ला गरेनौं
धनगढी, २५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलन गर्नुको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् ।
आज (आइतबार) गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरिरहेको बताएका हुन् ।
कांग्रेसकै नेताहरुमाथि विगतमा मुद्दा चल्दा आफूहरुले आन्दोलन नगरेको उनले बताए । ‘हाम्रा साथीहरुलाई मुद्धा चलाइकै हो, हामीले होहल्ला गरेनौं’, देउवले भने । रास्वपा सभापति लामिछाने पक्राउमा सरकारको कुनै पूर्वाग्रह रहेको देउवाले दाबी गरे ।
सहकारी अनियमिततामा दोषी ठहर भए मात्र लामिछानेलाई कारबाही हुने बताउँदै उनले अनुसन्धानमा सहयोग गर्न रास्वपालाई आग्रह समेत गरे । देउवाले सरकार ढल्छ भन्ने गलत हल्ला फैलाउन खोजिएको भन्दै त्यसमा विश्वास नगर्न पनि आग्रह गरे ।