निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त
काठमाडौं, २५ कात्तिक । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान, धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् ।
न्यायाधीशमा सिफारिस निरौला र पाण्डेयको नाम शुक्रबार मात्रै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।