उपनिर्वाचनका लागि १७ स्थानमा नाउपाले टुंग्यायो उम्मेदवार

उपनिर्वाचनका लागि १७ स्थानमा नाउपाले टुंग्यायो उम्मेदवार

काठमाडौं, ३० कात्तिक । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले १७ वटा स्थानमा उम्मेदवारीको टुंगो लगाएको छ ।

नाउपाले सुदुरपश्चिम बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारुनी,कञ्चनपुर भिमदत्त नगरपालिका–६ मा वडाध्यक्ष हरिश चौधरीलाई उम्‍मेदवार रुपमा अघि सारेको छ ।

यसैगरी, लुम्बिनी प्रदेशको कपिलवस्तुको सुद्धोधन गाउँपालिका–१ मा वडाध्यक्षको लागि सुर्यकुमार चौधरी थारु, बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड–४ को वडाध्यक्षका लागि प्रितिलाल थारुको नाम टुंगो लगाएको छ भने गण्डकी प्रदेशको गोरखामा गोरखा नगरपालिका–५ मा वडाध्यक्षका लागि सुकमाया नेपाली, बाग्मती प्रदेशको नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्षका लागि अमृत तामाङलाई उम्‍मेदवार चयन गरेको छ ।

यस्तै, मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ मा अध्यक्षका लागि शिवकुमार राम र सोही पालिका वार्ड–१ को वडाध्यक्षका लागि चन्द्रकिशोर चौधरीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, रौतहटको इशनाथ नगरपालिका–७ मा वडाध्यक्षका लागि टेक साहिद, रौतहटकै राजपुर नगरपालिका वार्ड–६मा वडाध्यक्षका लागि नरुद्धिन खान र रौतहटकै गढीमाई नगरपालिका–८ को वडाध्यक्षका लागि टेक सुनौलाको नाम टुंगो लगाएको छ ।

यस्तै, कोशीमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि बुद्धिचन विश्वासको नाम सिफारिस गरेको छ । सुनसरीको गढी गाउँपालिका वार्ड–८ मा वडाध्यक्षका लागि ललित चौधरी, ताप्लेजुडको सिरीजङ्घा गाउँपालिका–३ का वडाध्यक्षका लागि प्रेममा देनलाई उम्‍मेदवार बनाउने निर्णय गरेको नाउपाले जनाएको छ ।

यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षका लागि सिताराम चौधरी र उदयपुरकै बेलका नगरपालिका–८ को वडाध्यक्षका लागि भुपेन्द्र राईलाई सिफारिस गरिएको छ । बाँकी स्थानका लागि पनि उम्मेदवारको नाम टुंगो लाग्ने प्रक्रियामा रहेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।