हवाई भाडा वृद्धिबारे गगन थापाले गराए मन्त्रीको ध्यानाकर्षण

हवाई भाडा वृद्धिबारे गगन थापाले गराए मन्त्रीको ध्यानाकर्षण

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हवाई क्षेत्रका समस्या तत्काल समाधान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

आज (शुक्रवार)  मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र नियामक निकायका अधिकारीहरुलाई हवाई भाडा वृद्धि भएको बारेमा ध्यानाकर्षण गराएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक, नेपाल वायुसेवा निगमका अधिकारी, अन्य सम्बन्धित प्रतिनिधिसँग भएको छलफलमा दक्षिण कोरिया जाने मजदुरलाई हवाई टिकटमा गरिएको एकाधिकार बारे जानकारी गराएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कार्य चलिरहेको हुँदा फ्लाइट कम भएका कारणले अन्तर्राष्ट्रिय हवाई भाडादर अस्वभाविक रूपमा वृद्धि भएको मन्त्रालयका अधिकारीले आफूँलाई जानकारी गराएको महामन्त्री थापाले बताए ।