भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले भने- 'धेरै चर्चा गर्न आवश्यक छैन, निम्तो आए गइन्छ'
काठमाडौं, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले निमन्त्रणा आए भारत भ्रमणमा जाने बताएका छन् ।
बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै , ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन’
प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अघि बढ्ने बताएका थिए ।