क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध
काठमाडौं, १२ पुस । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को नयाँ नेतृत्वमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत चयन भएकी छन् ।
पुस १३ गते हुनगइरहेको महासंघको १५औं महाधिवेशनबाट घिमिरे नेतृत्वमा आउने भएकी हुन् । यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर पाण्डेले काम गरेकी थिइन् ।
अध्यक्षसहित अधिकांश केन्द्रीय सदस्य पदमा सहमतिको प्रयास भइरहेको महासंघले जनाएको छ ।
क्यान महासंघमा मनोनितसहित ४३ सदस्यीय केन्द्रीय कार्यसमिति हुने र निर्वाचित सदस्यहरूले पदाधिकारी छनौट गर्ने विधानमा व्यवस्था छ ।