भूटानी राजपरिवारको टोली काठमाडौंमा
काठमाडौं, १२ पुस । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौं आएर फर्किएको तीन सातापछि उनका सासु–ससुराको टोली आएको हो ।
भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा काठमाडौं आएका थिए । स्वयम्भू र बौद्धनाथमा पूजाअर्चना गरेर उनी त्यसैदिन स्वदेश फर्किएका थिए ।
स्रोतका अनुसार, उनी फर्किएपछि सासु–ससुरा र गृहमन्त्रीसहित १३ जनाको टोली विहीबार काठमाडौं आएको छ ।
भुटानको भम्रण टोली सोल्टी, हायत र याक एण्ड यती होटलमा बसेको बताइएको छ ।