किताबखानाका अधिकृत तीन लाख घुससहित पक्राउ
काठमाडौं, १४ पुस । राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, शाखा अधिकृत धनेश्वर प्रसाईलाई अख्तियारको टोलीले सेवाग्राहीसँग ३ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका प्रसाईमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
उनीमाथि पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको अभियोग लागेको छ ।