तरलता बढेपछि बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक

तरलता बढेपछि बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले बजारबाट ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दैछ । निक्षेप बोलबकोल उपकरणमार्फत् राष्ट्र बैंकले सो बराबरको तरलता प्रशोचन गर्न लागेको हो । 

यसका लागि आइतबार अपरान्ह निक्षेप बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोडदेखिमाथि पाँच करोडले भाग जाने रकम बराबरको बोलबकबोल गर्न सक्नेछन् । 

यो निक्षेपको अवधि २१ दिनको हुनेछ जसको परिपक्व हुने मिति पुस १४ गते रहेको छ ।