वर्षमान पुनले भने- रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राख्यो
काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन ‘अनन्त’ले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् ।
सोमबार प्युठानको जुम्रीमा सञ्चारकर्मीहरूसँग संवाद गर्दै उपमहासचिव पुनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्याउने काम गरेकोप्रति उनले आपत्ति प्रकट गरे ।
‘रवि लामिछानेमाथि छानविन गर्ने कुरामा हाम्रो भन्नु केही छैन, प्रक्रिया नपुर्याइ मध्यरातमा उठाएर हिंडाउने कुरा नागरिक अधिकार विपरितको कुरा हो ।’’ उनले भने ।
राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरिरहेको उनले दाबी समेत गरे। ‘हामीले न्यायिक प्रक्रिया रोक्न खोजका होइनौं, यो प्रक्रिया गलत छ,’ उनले भने ।
पूर्व अर्थमन्त्री समेत रहेका पुृनले कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकार सम्मन्न निकाय गठन हुनुपर्नेमा उनले जोड दिए ।