मौसम पूर्वानुमान : उपत्यका र तराईमा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ?
काठमाडौं, १६ पुस । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भागमा मौसम सफा रहेको छ ।
दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राती पनि देशैभरीको मौसम सफा रहने सम्भावना रहेको छ ।