दुई संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?
काठमाडौं, १६ पुस । संघीय संसद अन्तर्गतका आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति र राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।
आज अर्थ समितिमा अर्थ मन्त्री र अर्थ मन्त्रालयको राजस्व सचिवको उपस्थित हुनुकासाथै भन्सार सम्बन्धी काूननलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको बताइएको छ । बैठक बिहान ११ः०० बजे बसिरहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी सरोकारवालाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।