सूर्यदर्शन सहकारी प्रकरणमा पहिलो दिनको थुनछेक बहस सकियो

सूर्यदर्शन सहकारी प्रकरणमा पहिलो दिनको थुनछेक बहस सकियो

पोखरा, १६ पुस । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ ।

कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालक अनुसार, रास्वपाका सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएसँगै आजबाट थुनछेक बहस सुरु गरिएको हो । 

मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको छ । पहिलो दिनको थुनछेक बहस सकिएको छ । आजको बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको कास्की जिल्ला अदालतका स्रेस्तेदार खनालले जानकारी दिए । 

रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङको बयान लिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी हिनामिनासँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।