ज्योति विकास बैंक र दुसित थानी हिमालयन रिसोर्टबिच विशेष छुट सम्बन्धी सम्झौता
काठमाडौं, १७ पुस । ज्योति विकास बैंक लिमिटेड र धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता पश्चात् बैंकका कर्मचारी तथा ग्राहकहरुले दुसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्मको विशेष छुटको सुविधा पाउने भएका छन् ।
सम्झौताअनुसार, रिसोर्टले खाना तथा पेय पदार्थ, देवराना वेलनेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा ज्योति विकास बैंकका ग्राहकहरूलाई छुट दिने बैंकले जनाएको छ ।
बैंकले यसअघि पोखरास्थित टिका रिसोर्टमा ३० प्रतिशत र अतिथि रिसोर्टमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
साथै, बैंकले खोटाङस्थित जाम्बाला रिसोर्टमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता समेत भएको बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।