राष्ट्रिय धोती दिवसको अवसरमा वीरगन्जमा र्याली
पर्सा, १७ पुस । पर्साको वीरगन्जमा राष्ट्रिय धोती दिवसको अवसरमा र्याली निकालिएको छ। नयाँ अंगेजी वर्षको दिन डा.सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले राष्ट्रिय धोती दिवस मनाएका हुन् ।
सो अवसरमा धोती, कुर्ता पहिरिएर सहभागी भएकहरूले मधेसी समुदायको सांस्कृतिक पहिरन र पोशाकलाई राष्ट्रिय पोशाकका रुपमा बढावा दिन धोती दिवस मनाईएको बताए ।
धोती,कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले त्यहाँबाट र्याली निकालेर वीरगन्ज शहरको नगर परिक्रमा गरेको थियो।
घण्टाघर चोकबाट सुरु भएको र्याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन घण्टाघर चोकमै पुगेर समापन भएको हो ।
हरेक वर्षको जनवरी १ तारिकमा राष्ट्रिय धोती दिवस मनाउदै आएको जनमत पार्टी पर्साले जनाएको छ ।