क्लासिक टेकको ह्याकाथन प्रतियोगिता, नगद पुरस्कार १ लाख रुपैयाँ
![क्लासिक टेकको ह्याकाथन प्रतियोगिता, नगद पुरस्कार १ लाख रुपैयाँ](https://snowberry.prixacdn.net/media/gallery_folder/Classic-teach-768x402_GYEf1iqywx_8hxeeod7gaaifhk513yfrssqtusswda9qped4sdheetjseqxerdlssnhwl1r_E2RQi3S6RD_labwkib2p33sptatwluj8zohlgyi4odbdmseb9aptjnqwnwocmy6grtt0do0.jpg)
काठमाडौं, २ फागुन । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक नेपालले टेक्नोफेस्टसँगको सहकार्यमा 'ह्याकाथन प्रतियोगिता २०२५' आयोजना गर्ने भएको छ ।
यही ३ र ४ मा आयोजना हुने उक्त प्रतियोगिताका विजेताले नगद १ लाख पुरस्कार पाउने आयोजकले जानकारी गराएका छन् ।
काथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ र म्यानेजमेन्टको प्राङ्गणमा आयोजना हुने ह्याकाथन प्रतियोगिताले युवापुस्तालाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने तथा नवीन समाधानहरू विकास गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको आयोजकको भनाइ छ ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागीहरूले कोडिङ, कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर विकास, साइबर सुरक्षालगायतका विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो दक्षता प्रदर्शन गर्न पाउनेछन् ।
त्यस्तै, कार्यक्रममा कोडिङमा रुचि हुनेहरूले सहभागिता जनाउन सक्नेछन् । नेपालमा डिजिटल रुपान्तरण र प्रविधिगत प्रगतिमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धतालाई सशक्त बनाउन ह्याकाथन प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।