हुण्डाई फेस्टिभ डिलाईट २०८० अफरको विजेता घोषित
काठमाडौं, असार ३१
हुण्डाई फेस्टिभ डिलाईट २०८० अफरको विजेता घोषित भएको छ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुण्डाई फेस्टिभ डिलाईट २०८० अफरको बम्पर विजेताको नाम घोषणा गरेको हो । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले छ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप एक लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत एक जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो ।
हुण्डाई फेस्टिभ डिलाईट २०८० अफरको विजेताको घोषणा हुडाईन नेपालको फेफबुक मा लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेका थिईन । हुण्डाई फेस्टिभ डिलाईट २०८० अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरी का ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाई बिर्तामोडका ग्राहकले हुन्डाई एक्सटर जितेका हुन । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र हुण्डाई फेस्टिभ डिलाईट २०८० योजना मार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।