युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त
वासिङ्टन डिसी, ६ साउनः
नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त हुनुभएको छ । नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार युएसएआइडीको मुख्यालय डिसीमा उहाँको शपथ गराउनुभएको छ ।
कार्यक्रममा नेपाली दूतावासकातर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाउनुभएको थियो । उक्त अवसरमा खरेलले युएसएआइडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षका बारेमा स्मरण गर्नुभएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)