नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई दुसित थानीमा आकर्षक छुट
काठमाडौं, असोज ११
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र दुसित थानी हिमालयन रिसोट, धुलिखेल बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५ प्रतिशत सम्म छुट दिने भएको छ । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ ।