नेपालमा कलाकार र सांस्कृतिक संस्थाहरूलाई सहयोग गर्नका लागि क्लाइमेट फ्युचर्स नामक नयाँ कार्यक्रम सुरु गरिएको छ

नेपालमा कलाकार र सांस्कृतिक संस्थाहरूलाई सहयोग गर्नका लागि क्लाइमेट फ्युचर्स नामक नयाँ कार्यक्रम सुरु गरिएको छ

७ अक्टोबर २०२४, नेपाल

      

 

 

ब्रिटिश काउन्सिलले नेपालको रचनात्मक क्षेत्रहरूमा जलवायु कार्यलाई बढावा दिने उद्देश्यले नयाँ पहलका लागि आवेदनहरू खुला गरेको छ। द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रमले कलाकार र सांस्कृतिक संस्थाहरूलाई नवीन परियोजना र अभ्यासहरू मार्फत जलवायु आपतकाललाई सम्बोधन गर्न अनुदानको अवसरहरू प्रदान गर्दैछ।

द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रमलाई कला क्षेत्रमा सहयोग प्रदान गर्न डिजाइन गरिएको हो, जस अनुसार कलाकार र सांस्कृतिक संस्थाहरूलाई युके पाउण्ड  १५,००० (लगभग २६,२५,००० रुपैयाँ ) को अनुदान उपलब्ध गराइन्छ।

अनुदान कार्यक्रमले विभिन्न परियोजनाहरूको लागि सहयोग प्रदान गर्ने लक्ष्य राखेको छः

  •  सांस्कृतिक क्षेत्रमा ज्ञान अभिवृद्धि र दिगोपनमा योगदान गर्ने कलाकारहरूद्वारा नेतृत्व गरिएका पहलहरूलाई बढावा दिने
  •    
  • क्षमता निर्माण अभिवृद्धि गर्ने उद्देश्यका पहलहरू समावेश गर्दै संगठनको लागि दिगोपन योजना वा कार्यविधि बनाउने र कार्यान्वयन गर्ने र
  •    
  • कला क्षेत्र भित्र जलवायु परिवर्तन जागरूकता र दिगो दृष्टिकोण अभिवृद्धि गर्न पूर्वाधार अनुकूलन गर्ने


आवेदन समय सीमाः सबै आवेदनहरूको लागि अन्तिम मिति २५ नोभेम्बर २०२४, २३ः५९ GMT हो। सफल आवेदकहरूले आफ्ना परियोजनाहरू मार्फत विश्वव्यापी जलवायु संवादमा महत्त्वपूर्ण प्रभाव पार्ने अवसर पाउनेछन् साथै युकेका प्रमुख विशेषज्ञहरूद्वारा परियोजनाभरि प्राप्त मार्गदर्शनबाट लाभान्वित हुनेछन्।

सम्भावित आवेदकहरूलाई सहयोग गर्न, ब्रिटिश काउन्सिलले अक्टोबरमा सूचना सत्रहरूको एक श्रृंखला आयोजना गर्नेछ। यी सत्रहरूले आवेदन प्रक्रिया सम्बन्धी आवश्यक जानकारी प्रदान गर्नेछ र आवेदकहरूलाई कोष अनुमोदनको लागि उनीहरूको सम्भावनालाई अधिकतम बनाउन सहयोग गर्दछ। सत्रहरू ८ र २२ अक्टोबर २०२४ को लागि निर्धारित छन्, सबै १०ः००  GMT मा।

द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रमको बारेमा थप जानकारी प्राप्त गर्न र कसरी अनुदानको लागि आवेदन गर्ने र सूचना सत्रहरूको लागि दर्ता गर्ने, कृपया https://www.britishcouncil.org.np/programmes/arts/climate-futures-south-asia हेर्नुहोस्।

द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रमको बारेमा

द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रम रचनात्मक क्षेत्रहरूमा जलवायु कार्यलाई सहयोग गर्ने ब्रिटिश काउन्सिलको कार्यक्रम हो। कार्यक्रमले बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका कलाकार वा सांस्कृतिक संस्थाहरूलाई अनुदान दिनेछ। छनोट भएका अनुदानदाताहरूले परियोजनाको अवधिमा प्रमुख युके विशेषज्ञहरूद्वारा आयोजित मेन्टरशिप सत्रहरूबाट लाभ उठाउनेछन्।

ब्रिटिश काउन्सिलको बारेमा

ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरूको लागि संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय संस्था हो। हामी संयुक्त अधिराज्य र अन्य देशका नागरिक बीच सम्बन्ध, समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिका लागि सक्रिय रूपमा योगदान गर्छौं। शान्ति र समृद्धिको लागि हाम्रो प्रतिबद्धता कला र संस्कृति, शिक्षा र अंग्रेजी भाषा मार्फत गर्छौं। हामी २०० भन्दा बढी देशहरू र क्षेत्रहरूमा मानिसहरूसँग काम गर्छौं र १०० भन्दा बढी देशहरूमा हाम्रो उपस्थिती रहेको छ। २०२२–२३ मा हामी ६० करोड मानिसहरूमाझ पुग्न सफल भयौं। 

www.britishcouncil.org.np