रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गोर्खा मिडियाबाटै सञ्चालित ग्यालेक्सी फोरकेका तत्कालिन एमडी समेत रहेका लामिछानेलाई संसदीय छानबिन समितिको सिफारिश बमोजिम कारबाही अघि बढाउन सरकारमाथि दबाब बढेको थियाे । सहकारी ठगी प्रकरणमै रविका व्यवसायिक साझेदार एवं गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी भने पक्राउ परिसकेका छन् । उनी यतिवेला कास्की प्रहरीको हिरासतमा छन् ।