क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन
काठमाडौं, एजेन्सी । छैटौं अरब जल सम्मेलन बुधवार जोर्डनको मृत सागरको पूर्वी किनारमा सुरु भएको छ ।
अरब क्षेत्रमा जल स्रोत व्यवस्थापनमा चुनौतीहरूको सामना गर्न सम्मेलन सुरु भएको हो ।
दिगो विकास हासिल गर्ने दिशामा शासन भन्ने विषय अन्तर्गत सम्मेलनमा अरब विश्वका सरकारी अधिकारीहरू र विशेषज्ञहरू सहभागी छन् ।
जोर्डनका जल तथा सिंचाईमन्त्री राइद अबु साउदले उद्घाटन समारोहमा सतही जलस्रोत र साझा बेसिनहरू व्यवस्थापन गर्ने प्रयासहरूको दिगो समन्वय सहित अरब जल स्रोतहरूको लागि एकीकृत व्यवस्थापन दृष्टिकोण प्रवद्र्धन गर्न प्रभावकारी नीतिहरू विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
अरब लिगका सहायक महासचिव र आर्थिक मामिलाका प्रमुख अली बिन इब्राहिम अल–मलिकीले अरब पानी सुरक्षा हासिल गर्न र अरब पानीको अधिकारको संरक्षण गर्न सबै अरब राष्ट्रहरू बीचको सहकार्यलाई बलियो बनाउनुपर्ने महत्वमा जोड दिए ।