टर्की-ओमान व्यापार लक्ष्य ५ बिलियन अमेरिकी डलर

टर्की-ओमान व्यापार लक्ष्य ५ बिलियन अमेरिकी डलर

काठमाडौं, एजेन्सी । टर्किएले ओमानसँगको व्यापारको मात्रा ५ अर्ब अमेरिकी डलरमा पुर्‍याउने लक्ष्य राखेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यसलाई पहिलो चरणको लक्ष्य भएको बताएका छन् ।

तर, यस चरणको समयावधि तोकिएको छैन । एर्दोगानले ओमानी सुल्तान हैथम बिन तारिक अल सइदसँग अंकारामा भएको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।

टर्कीका ठेकेदार कम्पनीहरूले ओमानमा हालसम्म ७ अर्ब डलरको  परियोजना पूरा  गरिसकेको  एर्दोगानले बताए ।

आफ्नो पक्षबाट टर्किए भ्रमण गर्ने पहिलो ओमानी राज्य प्रमुख हैथमले क्षेत्रीय सहयोगलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

हैथमको भ्रमणका क्रममा दुवै पक्षले लगानी, कृषि, स्वास्थ्य, श्रम,  संस्कृति, कुटनीति, केन्द्रिय बैंक तथा साना तथा मझौला उद्यमहरूबीचको सहकार्यलगायतका प्रमुख  क्षेत्रहरूलाई समेट्ने १० वटा  सम्झौतामा हस्ताक्षर गरेका छन् ।