कार्यकारी शक्ति प्रयोग नगर्ने अडान उल्ट्याउँदै बाइडेनले छोरालाई माफी दिएपछि आलोचना चुलिँदै

कार्यकारी शक्ति प्रयोग नगर्ने अडान उल्ट्याउँदै बाइडेनले छोरालाई माफी दिएपछि आलोचना चुलिँदै

काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएका छन् । आफ्नो छोराको सजाय माफी वा कम गर्न कार्यकारी शक्ति प्रयोग नगर्ने आफ्नो पहिलेको अडानलाई उल्टाउँदै उनले माफी दिएका हुन् ।

पदभार ग्रहण गरेको दिनदेखि नै न्याय विभागको निर्णयमा हस्तक्षेप नगर्ने भनेको र छोरालाई छनोट र अनुचित रूपमा मुद्दा चलाइएको देखे पनि आफूले वचन पूरा गरेको बाइडेनले एक विज्ञप्तिमा भनेका छन् ।

बाइडेनले हन्टरलाई भिन्न व्यवहार गरिएको र कँग्रेसका राजनीतिक विपक्षीहरूले आफूमाथि आक्रमण गर्न र चुनावको विरोध गर्न उक्साएको आरोप लगाए ।

हन्टर बाइडेनलाई सन् २०१८ को जुनमा कोकिन क्र्याकको लतमा बन्दुक किनेको आरोपमा दोषी ठहर गरिएको थियो । वर्तमान राष्ट्रपतिका सन्तान अपराधमा दोषी ठहर भएको यो पहिलो पटक हो । उनलाई डिसेम्बर १२ मा सजाय सुनाइने भनिएको थियो ।

राष्ट्रपतिका छोरालाई पनि संघीय कर छलीको आरोपमा डिसेम्बर १६ मा सजाय सुनाइने थियो । जसमा उनले सेप्टेम्बरमा दोषी स्वीकार गरेका थिए । कर मुद्दामा १।४ मिलियन अमेरिकी डलर भन्दा बढी भुक्तान नगरिएको कर समावेश छ ।