बैंक / वित्तीय
-
काठमाडौं, २ माघ । नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ । बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरे…
-
काठमाडौं, २ माघ । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने जनाएको छ । बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको जनाएको हो । राष्ट्र ब…
-
काठमाडौं, २ माघ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्…
-
काठमाडौं, २ माघ । महालक्ष्मी विकास बैंकले वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार आयोजित २३ औँ वार्षिक साधारण सभाबाट सो प्रस्ताव पारित भएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष राजे…
-
काठमाडौं, २ माघ । हिमालयन बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले बैक तथा यसका सहायक कम्पनी सहितको आ.व. २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको जनाएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले शेयरधनीलाई बैंकक…
-
काठमाडौं, २ माघ । कृषि विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । सोमबार बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा साधरणसभा सम्पन्न भएको हो । बैंकले बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरूलाई देशका अति दुर्गमदेखि सुगम ठाउँमा २८२ वटा शाखामार्फत आधुनिक बैकिङ सेवा पुर्याउन…
-
काठमाडौं, २ माघ । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभाले ३.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न साधारणसभाले ३.६५ प्रतिशतको वोनस सेयर र ०.१९ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । बैंकको चुक्ता पुँजी तीन अ…
-
काठमाडौं, २ माघ । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा बैंकको साधारण सभा शुक्रबार सफलतापूर्वक सम्पन्न भएको हो । उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आ.व.२०८०÷८१ …
-
काठमाडौं, २ माघ । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर कायम गरेका छन् । २० मध्ये १८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत राख्ने जनाएका छन् । नेपाल एसबीआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् । नेपाल एसबीआईले पुसमा ६ प्रतिशत रहेको ब्याजदर माघका …
-
काठमाडौं, २ माघ । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा ३४ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन्। बैंकहरुले मंसिर मसान्तसम्म ३३ अर्ब ९७ करोड २५ लाख रुपैयाँ नाफा कमाएका हुन् । करिब ३४ अर्बमध्ये क वर्गका बैंकहरु अर्थात् २० वाणिज्य बैंकहरुको खुद नाफा ३० अर्ब ५९ करोड रुपैयाँ छ । यसैग…
-
काठमाडौं, १ माघ । ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको व…
-
काठमाडौं, १ माघ । मुक्तिनाथ विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै, सभाले प्रति कित्ता सय रुपैयाँका दरले १ अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको बैंकले जनाएको छ ।…
-
वीरगञ्ज (पर्सा), १ माघ । मधेस प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु एक खर्ब २१ अर्ब ८७ करोड कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेस प्रदेश) अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा बैंक…
-
रौतहट, २९ पुस । लुम्बिनी विकास बैँक लिमिटेड गौर शाखाले जिल्लाको राजपुर नगरपालिकाको बैरियामाअवस्थित जामिया जुबैरिया गल्र्स स्कुलमा अध्ययनरत करिव ६०० छात्राहरुको स्वस्थ्यलाई ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग स्वरुप हस्तान्तरण गरेको छ । बैंकले आफ्न…
-
काठमाडौँ, २९ पुस । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेक…
-
काठमाडौं, २९ पुस । नेपालमा पछिल्लो समय मोबाइल बैंकिङ प्रयोगकर्ता व्यापकरुपमा बढेको देखिएको छ । । पछिल्लो एक वर्षको अवधिमा मोबाईल बैंकिङ प्रयोग गर्नेको संख्या ३४ लाख ९ हजारले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २०८० मसिंर मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्सा २ करोड २६ लाख २४ ह…
-
काठमाडौँ, २९ पुस । सिद्धार्थ बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैँयाको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार दुई सय आठ नगद लाभांश कर प्रयोजनका लागि…
-
काठमाडौं, २९ पुस । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा २ लाख ४३ हजार ६०३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजको मितिले ३…
-
काठमाडौं, २९ पुस । वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंक रहेकामा अधिकांशले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यो ब्याजदर भोलि माघ १ गतेदेखि लागू हुने बताइएको छ । २० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको …
-
काठमाडौं, २९ पुस । आइसिएफसि फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गर्न लागेको हो। फाइनान्सले प्रतिऋणपत्र १ हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणप…
-
काठमाडौं, २९ पुस । मल्टीपर्पस फाइनान्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पौष २८ गते आइतबार वित्तीय संस्थाका अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा संस्थाको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा साधारणसभा सम्पन्न भएको हो । उक्त साधारण साभले अध्यक्ष चन्दन अग्रवालद्वारा प्रस्तुत वित्तीय संस्थाको २७ औं वार्षिक प्रति…
कृषि विकास बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न अर्थमन्त्रीको आग्रह
रविलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
चार्जिङ स्टेशन निर्माणमा आक्रामक बन्दै एमएडब्लु वृद्धि, देशभर ८६ स्थानमा विस्तार
राष्ट्रिय परिचयपत्र विरुद्धको रिट खारेज
एमालेमै जाने भइयो, तर केही साथी माओवादीमा जान्छन्: वामदेव गौतम
अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख : अर्थमन्त्री पौडेल