स्वीडेन लाल सागर नौसेना अपरेशनमा सहभागिता हुने बारे विमर्शमा

स्वीडेन लाल सागर नौसेना अपरेशनमा सहभागिता हुने बारे विमर्शमा

स्विडेन सरकारले लाल सागरमा हुने दुई वटा नौसैनिक अभियानमा भाग लिने बारे विचार गरिरहेको विदेश मन्त्री टोबियास बिलस्ट्रोमले बिहीबार बताउनु भएको छ । स्वीडेनले अमेरिकाले शुरु गरेको अपरेशन प्रोस्परिटी गार्डियन र ईयु नेतृत्वको अपरेशन एस्पाइड्समा सामेल हुने योजना बनाएको बिलस्ट्रोमले विदेश मामिला समिति तथा रक्षा समितिसँगको बैठकपछि स्विडेनी टेलिभिजनलाई बताउनु भएको छ ।

स्वीडेनले भाग लिन चाहेका अपरेशनहरू रक्षात्मक छन् र कुनै पनि स्थलगत लक्ष्यमा आक्रमण गर्ने बारे होइन" भन्ने कुरामा जोड दिँदै बिलस्ट्रोमले भन्नुभयो- यसको मुख्य काम हुथी मिलिशियाको आक्रमणबाट व्यावसायिक जहाजहरूलाई जोगाउनु हो। गत वर्ष इजरायल-हमास द्वन्द्व शुरु भएपछि हुथीहरूले ४० भन्दा बढी हमला गरेका छन्। उनीहरूले प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन र इजरायललाई गाजामा आफ्नो सैन्य कारबाही रोक्न दबाब दिन इजरायलसँग जोडिएका जहाजहरूमा मात्र आक्रमण गरेको बताएका छन्।