फिनल्याण्ड राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा राति ९ बजे

फिनल्याण्ड राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा राति ९ बजे

फिनल्याण्डमा राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा राति ९ बजे आउने प्रक्षेपण गरिएको छ । चुनावको अन्तिम चरण आइतबार बिहानदेखी शुरु भएको हो । मतदाताहरूले स्थानीय समय अनुसार बिहान ९ बजेदेखि आफ्नो मतदान गरेका थिए। फिनले राष्ट्रिय गठबन्धनका लागि राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री अलेक्ज्याण्डर स्टब र स्वतन्त्र हरित उम्मेदवार, पूर्व विदेशमन्त्री पेक्का हाभिस्टो बीच प्रतिस्पर्धा हुँदैछ। धेरैजसो मत सर्वेक्षणले स्टबको पक्षमा थोरै अग्रता देखाएको छ। बेलुका ८ बजे मतदान समय सकिने छ भने राति ९ बजे नै बिजेताको टुङ्गो लाग्ने अपेक्षा गरिएको छ । फिनल्याण्डमा बसोबास गर्ने फिनल्याण्डका ४६ प्रतिशत नागरिकले अग्रिम मतदान गरेका थिए। कूल मतदान ७५ प्रतिशत पुग्न सक्ने प्रक्षेपण गरिएको छ । फिनल्याण्डको राष्ट्रपतीय चुनाव प्रत्यक्ष लोकप्रिय भोट मार्फत गरिन्छ। जनवरी २८ मा प्रारम्भिक चरणमा नौ जना उम्मेदवारहरूले प्रतिस्पर्धा गरेको निर्वाचनमा शीर्ष दुई जना दोस्रो चरणमा पुगेका छन् । --(रासस-सिन्ह्वा)