श्रीलङ्काका हम्बनटोटा बन्दरगाहलाई म्यानमासँग जोडिने

श्रीलङ्काका हम्बनटोटा बन्दरगाहलाई म्यानमासँग जोडिने

श्रीलङ्काको दक्षिणमा रहेको हम्बनटोटा बन्दरगाहलाई म्यान्मासँग जोडिने भएको छ । बन्दरगाहलाई विस्तार गर्ने र म्यान्मासँग जोड्ने योजनाबारे राष्ट्रपति रनिल विक्रमासिङ्घेले छलफलका क्रममा अधिकारीहरूसँग राख्नुभएको राष्ट्रपतिको सञ्चार विभागले जनाएको हो । राष्ट्रपति विक्रमासिङ्घेले विशेष गरी पूर्वी प्रान्त, कोलम्बो सिटी, पश्चिमी क्षेत्र र ग्रेटर हम्बनटोटामा रणनीतिक पर्यटन क्षेत्रहरूको लागि गुरू योजनामा ध्यान केन्द्रित गर्दै आर्थिक विकास र पूर्वाधार लगानीका लागि आफ्नो भावी योजना सार्वजनिक गर्नुभएको हो । उहाँले हम्बनटोटाको आर्थिक सम्भाव्यतामा जोड दिँदै यसलाई पूर्वाधार विकास र कनेक्टिभिटीको लागि एक महत्वपूर्ण हबको रूपमा उल्लेख गर्दै यसले म्यानमा र श्रीलङ्काको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । पीएमडीले भने कि राष्ट्रपतिले हम्बनटोटामा पहिले नै पूर्वाधारमा गरिएको व्यापक लगानीको महत्वमा जोड दिए, विगतका चुनौतीहरूको बावजुद। –––(रासस/एएफपी)